‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

हिमाल प्रेस १ जेठ २०८० १७:५९ | Monday, May 15, 2023
‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ- फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक गरिएको छ। गीत आज (सोमबार) ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा राजेश पायल राई र शान्ति श्री परियारको स्वर छ। नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाको नृत्य छ। राजु गिरीको निर्देशनमा बनेको फिल्म आगामी भदौ १ गते प्रदर्शन हुने छ।

फिल्ममा गौरव र नम्रतासँगै कलाकार सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायतको अभिनय छ।

दिव्य सुवेदीको छायांकन रहेको फिल्म गौतमराज खड्काले सम्पादन गरेका छन्। फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडालगायत काठमाडौंका विभिन्न ठाउँमा गरिएको निर्माण टिमले बताएको छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन्।

प्रकाशित: १ जेठ २०८० १७:५९ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast