भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन ज्ञानेन्द्र शाहीको माग

हिमाल प्रेस १ जेठ २०८० १६:३४ | Monday, May 15, 2023
भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन ज्ञानेन्द्र शाहीको माग फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबाहदुर (ज्ञानेन्द्र) शाहीले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन माग गरेका छन्। भ्रष्टाचारको विरुद्ध सडकमा आन्दोलन गर्नको साटो संसद्मा आन्दोलन हुनुपर्ने भन्दै भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनुपर्ने शाहीले बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रण गर्न सडक आन्दोलनभन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताए। शाहीले भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन काराबास भोग्ने कानुन संसदबाटै बन्ने हुनाले संसद् आन्दोलन गर्न उपयुक्त हुने बताए।

भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्तभन्दा माथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दललाई उनले आग्रह गरे। ‘तपाईहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ?’ उनले प्रश्न गर्दै भने, ‘हुनुहुन्छ भने हात खडा गर्नुस्।’

अहिले भ्रष्टाचार विरुद्धको आन्दोलन ‘तिमी हेरेजस्तो गर्नु, म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु,’ किसिमको भएको शाहीको भनाइ थियो। यस्तो प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण नहुने भन्दै उनले ‘भ्रष्टाचार न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरूलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारबास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौँ। हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ? कसैले रोक्दैन। त्यही भएर सडक आन्दोलनभन्दा संसद् आन्दोलन गरौँ,’ उनले बताए।

प्रकाशित: १ जेठ २०८० १६:३४ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast