प्रहरी र सीडीओलाई गृहमन्त्रीले दिए यस्तो निर्देशन

हिमाल प्रेस ३१ वैशाख २०८० १८:०७ | Sunday, May 14, 2023
प्रहरी र सीडीओलाई गृहमन्त्रीले दिए यस्तो निर्देशन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सुरक्षा निकायका प्रमुखलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। आज आइतबार भर्चुअल बैठकमार्फत उनले कार्यशैली र कार्यपद्दतिमा गुणात्मक परिवर्तन गरी परिणाममा केन्द्रित हुन निर्देशन दिएका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले प्रजिअसहितका सुरक्षा अधिकारीहरूलाई सोधे, ‘हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन्?’ विपदको पूर्व तयारी, शान्ति सुरक्षाको स्थिति, मिटरब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिएको उनले बताए।

७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए। सुरक्षा निकायका प्रमुखहरु, विपद् प्राधिकरणका सीईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईलेसमेत सम्बोधन गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०८० १८:०७ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast