राप्रपाले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

हिमाल प्रेस ३१ वैशाख २०८० १६:१२ | Sunday, May 14, 2023
राप्रपाले भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ। आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यले काठमाडौंमा आमसभा गर्न लागेको जानकारी दिए।

शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनको भनाइ छ। उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए। उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे।

त्यस्तै लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगाएतका बिषयमा छलफल हुने जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०८० १६:१२ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast