३३ किलो सुनको पैसा हुण्डीमार्फत लिएको प्रमाण मैले बोकेको छु : दुर्गा प्रसाईं

हिमाल प्रेस ३० वैशाख २०८० १२:३० | Saturday, May 13, 2023
३३ किलो सुनको पैसा हुण्डीमार्फत लिएको प्रमाण मैले बोकेको छु  : दुर्गा प्रसाईं

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्।

शनिबार काठमाडौंको परिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताए।

उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डीमार्फत वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरे।

उनले अहिलेसम्म नेताहरुले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताए। उनले नेपालका राजनीतिज्ञ भन्दा आफू सयक कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताए।

उनले भने,‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रूपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ। एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ। ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ।’

प्रकाशित: ३० वैशाख २०८० १२:३० | Saturday, May 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast