प्रेस काउन्सिलद्वारा कर्मचारीको लागि आवेदन आह्वान

हिमाल प्रेस २९ वैशाख २०८० ७:२१ | Friday, May 12, 2023
प्रेस काउन्सिलद्वारा कर्मचारीको लागि आवेदन आह्वान

काठमाडौँ-  प्रेस काउन्सिल नेपाल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैटौँ)सहित १२ जनाका लागि जागिर खुलेको हो।

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ।

जसअनुसार अधिकृत (प्रशासन) छैटौँमा खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा)मा महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्लामा २, महिला १, आदिवासी जनजाति १ गरी चार जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ।

 

प्रकाशित: २९ वैशाख २०८० ७:२१ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast