सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन

हिमाल प्रेस २८ वैशाख २०८० १७:०८ | Thursday, May 11, 2023
सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न राजनीतिक दललाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखापरीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगले दलहरूलाई सम्झाएको छ।

प्रकाशित: २८ वैशाख २०८० १७:०८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast