पूर्वएसएसपीले भने : आरजु राणालाई पैसा बुझाउन नसक्दा बढुवा रोकियो

हिमाल प्रेस २८ वैशाख २०८० १५:५७ | Thursday, May 11, 2023
पूर्वएसएसपीले भने : आरजु राणालाई पैसा बुझाउन नसक्दा बढुवा रोकियो

काठमाडौँ- नेपाल प्रहरीका पूर्वएसएसपी लव विष्टले कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणालाई पैसा नबुझाउँदा आफ्नो बढुवा रोकिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले २०७३ सालमा कार्यसम्पादनमा अब्बल हुँदाहुँदै पनि कांग्रेस विमलेन्द्र निधिमार्फत राणालाई पैसा बुझाउन मनले नमान्दा बढुवा नभई प्रहरी सेवाबाट अवकाश हुनु परेको बताएका हुन्।

नक्कली शरणार्थी प्रकरणमा आरजुले पनि करोडौँ रकम लिएको भनिएको अडियो सार्वजनिक भएसँगै उनको निकै आलोचना भइरहेको छ। यही बेलामा पूर्वप्रहरीले पनि गम्भीर आरोप लगाएका छन्।

प्रकाशित: २८ वैशाख २०८० १५:५७ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast