टोपबहादुरलाई प्रहरीमा हाजिर हुनु भनेको थिए, मान्नु भएन : ओली

हिमाल प्रेस २८ वैशाख २०८० १३:२४
22
SHARES
टोपबहादुरलाई प्रहरीमा हाजिर हुनु भनेको थिए, मान्नु भएन : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  भ्रष्टाचारलाई एमालेले नसहने बताएका छन्।

आज पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी सचिवालय टोपबहादुर रायमाझी बारे जवाफ दिँदै शरणार्थी प्रकरणमा जोडिएका जोकोहीलाई कारबाही हुनुपर्ने बताए।

ओलीले नक्कली शरणार्थी प्रकरणमा जोडिका रायमाझी प्रहरीमा हाजिर हुनु पर्ने बताए। ओलीले पार्टी सचिव रायमाझीले कानुनलाई नसघाएको देखिएको जवाफ दिए।

‘हाम्रा सचिव टोपबहादुरजीले कानुनलाई सघाएको देखिएन, फरार भएको देखियो। हामीले उहाँलाई आरोप लागिसकेकाले कानुनलाई सघाउनु भनेका थियौँ’, उनले भने, ‘मैलेसमेत अब तपाईं आफू कानुनसमक्ष आउनुस्, प्रहरीमा सामना गर्नुस् भनेको थिएँ। तर त्यसो गरेको देखिएन।’

उनले बुधबार पार्टीबाट निलम्बन गरेपछि टोपबहादुरका एकजना नातेदारले आफूलाई फोन गरेको पनि खुलाए।

‘हिजो कारबाही गरिसकेपछि उहाँनिकटका मान्छेबाट मलाई फोन आएको थियो। मैले उहाँलाई पार्टीले निर्णय गरेको सुनिहाल्नु भयो होला अब के गर्ने नभन्नुस् भनेको छु’, ‌ओलीले अगाडि भने, ‘उहाँले आफूलाई प्रहरीसमक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ।’

टोपबहादुर बुधबार नै प्रहरीमा आउने कुरा आफूले सरकारी स्रोतबाटै सुने पनि त्यसो नभएको उनले बताए।

‘टोपबहादुरजी हिजो हाजिर हुन आउनु हुन्छ भन्ने कुरा सरकारी स्रोतबाट मैले सुनेको थिएँ’, उनले भने, ‘अहिले पनि कसैलाई आरोप लाग्दैमा दोषी त हुँदैन। तर आरोपबाट भाग्न खोज्दा सन्देह हुन्छ।’

शरणार्थीबारे जेठ ४ मा संसद्मा बोल्छु

ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को-को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन्। ओलीले यो प्रकरणमा आफूले तथ्यहरू खोजिरहेको भन्दै जेठ ४ गते संसद्मा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन्।

‘सम्भवत म ४ गते पार्लियामेन्टमा बोल्छु। ४ गते मैले संसद्मा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो?, कसले पठायो?, को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोसिस गर्छु’, ओलीको भनाइ छ।

अमरेशको बचाउमा ओली

स्वतन्त्र सांसद अमरेशकुमार सिंहको बचाउमा ओली देखिएका छन्।

ओलीले आजको बैठकलाई सम्बाेधन गर्दै अमरेशले संसद्मा बोलेकै दिन भ्रष्टाचारको जुरुरी परेको बताए। ओलीले सरकारविरुद्ध बोल्नै नहुने अवस्था आएको सुनाएका थिए। ‘ भ्रष्टाचारविरुद्ध त के सरकारविरुद्ध नै बोल्न सक्ने अवस्था छैन।’ ओलीले भने।

‘उहाँले संसद्मा सरकारकोविरुद्धमा बोल्नुभयो, सरकारको विरुद्धमा बोल्दा धम्की मात्रै गएन अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर। किन अस्तिकै दिन उजुरी किन गयो? अहिले पनि विपक्षीहरूको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो,’ उनले भने।

अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भएपनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको उल्लेख गरे।

 

प्रकाशित: २८ वैशाख २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast