नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्मा जानकारी गराउन सभामुखको रुलिङ

हिमाल प्रेस २७ वैशाख २०८० १३:२० | Wednesday, May 10, 2023
नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्मा जानकारी गराउन सभामुखको रुलिङ सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्‍लाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले यो प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका हुन्। सभामुखले भने, ‘अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए।

लिङ्देनले सो प्रकरणको अनुसन्धानमा भएको प्रगतिको विस्तृत विवरण सार्वजनिक गर्न सभामुखबाट सरकारको नाममा रुलिङ माग गरेका हुन्।

उनले अनुसन्धानका विषयमा अनेक शंका/उपशंका उब्जिएका कारण सरकारले यथार्थ जानकारी संसद्लाई गराउनुपर्ने बताए। ‘सरकारले आफ्नो प्रतिबद्धता संसद्लाई व्यक्त गर्दै अहिलेसम्म भएका प्रगतिबारे सदनलाई जानकारी दिनुपर्‍यो,’ उनले भने।

लिङ्देनले भुटानी शरणार्थी प्रकरण सतहमा आएको बेला शीर्ष नेताहरूको भेटघाट बाक्लिनुमा पनि शंका व्यक्त गरेका छन्। सो भेटबारे पनि सदनलाई जानकारी गराउन उनले माग गरे।

भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसम्म भइसकेका व्यक्तिहरु मुछिनुले मुलुकको शीर निहुरिएको लिङ्देनले बताए।

प्रकाशित: २७ वैशाख २०८० १३:२० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast