नक्कली भुटानी शरणार्थी प्रकरण संसद्‍मा जानकारी गराउन राप्रपाको माग

हिमाल प्रेस २७ वैशाख २०८० १२:४६ | Wednesday, May 10, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण संसद्‍मा जानकारी गराउन राप्रपाको माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसद्‍मा जानकारी गराउन माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न शंका उत्पन्न भइरहेको भन्दै यस विषयमा संसद्‍मा जानकारी गराउन माग गरेका हुन्।

उनले उक्त प्रकरण केवल भ्रष्टाचारमात्रै नभएको भन्दै राज्यविरुद्धको द्रोह भएको जिकिर गरे। लिङ्देनले उक्त प्रकरण अख्तियारलाई बुझाउने काम नगर्न पनि ध्यानाकर्षण गराए।

पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर आउनु लज्जास्पद भएको उनको भनाइ छ। उक्त प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट गर्न नहुनेमा पनि उनले जोड दिए।

बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। यसअघि बुधबार नै बसेको संसद्को पहिलो बैठकमा बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको थियो।

प्रकाशित: २७ वैशाख २०८० १२:४६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast