मेघ गर्जनसहित वर्षा हुने अनुमान, हवाई यातायात प्रभावित हुन सक्ने

हिमाल प्रेस २० वैशाख २०८० ६:४७
4
SHARES
मेघ गर्जनसहित वर्षा हुने अनुमान, हवाई यातायात प्रभावित हुन सक्ने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

आज देशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

प्रकाशित: २० वैशाख २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast