इन्सपेक्टरले कुटे हवल्दार, आँखामा गम्भीर चोट

हिमाल प्रेस १७ वैशाख २०८० ११:४४
2.2k
SHARES
इन्सपेक्टरले कुटे हवल्दार, आँखामा गम्भीर चोट

काठमाडौँ- नेपाल प्रहरीका एक इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर नवीन चापागाईंले हवल्दार हरि आरसीमाथि हातपात गरेका हुन्।

चापागाईंको कुटपिटबाट हवल्दारको बायाँ आँखामा गम्भीर चोट लागेको छ। घटना शनिबार साँझको हो।

प्रशासन स्रोतका अनुसार हवल्दार आरसीले मादक पदार्थ सेवन गरेका थिए। सोही विषयमा सम्झाउँदा दुई जनाबीच विवाद चर्किएर हात हालाहालको अवस्था बनेको थियो।

आँखामा गम्भीर चोट लागेका उनलाई डोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउन लागिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘हवल्दारले मापसे गरेको रहेछ, त्यसपछि झगडा परेछ, आँखाको वरिपरि चोट लागेको छ,’ उनले भने, ‘हातपातै गर्न नहुने हो, दुवैसँग के कसो भएको हो भन्ने बुझिरहेका छौँ। पुरानो रिसइबी केही होइन, मापसेका कारण झगडा भएको हो।’

प्रकाशित: १७ वैशाख २०८० ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast