आर्थिक संकटसँग जुध्न उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघबीच सहकार्य

हिमाल प्रेस १५ वैशाख २०८० १७:१४ | Friday, April 28, 2023
आर्थिक संकटसँग जुध्न उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघबीच सहकार्य

काठमाडौँ– नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक संकटसँग जुध्न कार्यगत एकता गर्ने भएका छन्। शुक्रबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्र समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुन्छ।’

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नीति निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताए। उनले भने, ‘निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने भएको छ।’

प्रकाशित: १५ वैशाख २०८० १७:१४ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast