रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती

हिमाल प्रेस १५ वैशाख २०८० १६:०० | Friday, April 28, 2023
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराती

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

शुक्रबार होटल व्यवसायी महासंघको कार्यक्रममा मन्त्री किरातीले जनमतको कदर गर्नको लागि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन्।

मन्त्री किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यसको सम्मान गर्न अब उनलाई रोजेको मन्त्रालय दिनुपर्छ।’

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो। मुख्यतः जिम्मेवार ठूला दलहरूको अकर्मण्यताको पराकाष्ठा हो। हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ। अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ।’

प्रकाशित: १५ वैशाख २०८० १६:०० | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast