तनहुँ-१ मा वाग्ले ११ हजार ३७३ मतान्तरले अगाडि

हिमाल प्रेस ११ वैशाख २०८० २३:२८
8
SHARES
तनहुँ-१ मा वाग्ले ११ हजार ३७३ मतान्तरले अगाडि

काठमाडौँ- प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत  तनहुँ–१ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले २६ हजार ८ सय २७ मतसहित अग्रस्थानमा छन्।

४२ वडामध्ये ३५ वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ मत पाएका छन्। वाग्ले र भट्टराईबीच ११ हजार ३७३ को मतान्तर छ।

एमालेका सर्वेन्द्र खनालले सात हजार २ सय ८९ मत पाएका छन्। उक्त क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। ५१ हजार दुई सय १९ मतगणना भइसकेको छ।

प्रकाशित: ११ वैशाख २०८० २३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast