रास्वपालाई कारबाही नभएसम्म चितवन २ को मत गन्‍न नदिने कांग्रेसको अडान

हिमाल प्रेस १० वैशाख २०८० २१:५१ | Sunday, April 23, 2023
रास्वपालाई कारबाही नभएसम्म चितवन २ को मत गन्‍न नदिने कांग्रेसको अडान

काठमाडौँ– आइतबार भएको उपनिर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा दिएको उजुरी कार्यान्वयन गर्न माग गरेको छ।

चितवन २ मा भएको उपनिर्वाचनका क्रममा रास्वापाका अध्यक्ष एवम् सो क्षेत्रका उम्मेदरवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा गएर हुलहुज्जत गरेको भन्दै सो विषयको तत्काल छानबिन हुनुपर्ने र आचारसंहिता उल्लंघन गर्ने लामिछाने र रास्वपा पार्टीलाई कारबाही हुनुपर्ने कांग्रेसले माग गरेको हो।

सबै मतपेटिका मतगणना स्थल ल्याइए पनि कांग्रेसको उक्त अडानका कारण चितवनको मतगणाना हुन सकेको छैन। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आयोगमा बुझाएको उजुरी छानबिन नभएसम्म मत गणना हुन नदिने बताएका छन्।

मतगणनास्थलमा दलका प्रतिनिधिको उपस्थितिमा सर्वदलीय बैठक बस्ने तयारी भएको छ। कांग्रेसले रास्वपा र लामिछानेलाई कारबाही गरेर मात्र मतगणना गर्न माग राखेको छ।

प्रकाशित: १० वैशाख २०८० २१:५१ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast