अत्यधिक ब्याजदरकै कारण कर्जा प्रवाह भएन : अध्यक्ष ढकाल

हिमाल प्रेस ९ वैशाख २०८० १५:५३ | Saturday, April 22, 2023
अत्यधिक ब्याजदरकै कारण कर्जा प्रवाह भएन : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भए पनि बैंकको ब्याजदरकै कारण कर्जा प्रवाह नभएको दाबी गरेका छन्।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको कार्यक्रममा उनले बैंकको अत्यधिक ब्याजदरकै कारण कर्जा प्रवाह हुन नसकेको दाबी गरेका हुन्। सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको उनले बताए।

स्थानीय तहमा गएको रकम ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने समयअवधि थप नभए बैंकमा रहेको २ खर्ब तरलता ५० अर्बमा झर्नसक्ने उनको दाबी थियो।

स्थानीय तहको ऋणपत्र बैंकको सीडी रेसियोमा गणना गर्न असार मसान्तबाट गर्न नपाउने भन्ने डरले बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको उनले बताए। बैंकहरूले कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको सीडी रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चिता गर्नुपर्ने उनले बताए।

बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशत पुगेको उनको भनाइ थियो। अध्यक्ष ढकालले बजारमा तरलता सहज बनाउन तत्काल पुँजीगत खर्च बढाउन सरकारसँग माग पनि गरे।

प्रकाशित: ९ वैशाख २०८० १५:५३ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast