कोभिडका कारण बाँकेमा एक जनाको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८० १४:३२ | Saturday, April 22, 2023
कोभिडका कारण बाँकेमा एक जनाको मृत्यु

बाँके– बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाटमा एकजनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। यही वैशाख १ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो। दमको पनि समस्या रहेको उनलाई एक हप्तादेखि उपचारमा राखिएको थियो।

प्रकाशित: ९ वैशाख २०८० १४:३२ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast