तराईमा गर्मीको प्रभाव : बजारमा व्यापार घट्यो, अस्पतालमा बिरामीको चाप

हिमाल प्रेस ७ वैशाख २०८० २०:२० | Thursday, April 20, 2023
तराईमा गर्मीको प्रभाव : बजारमा व्यापार घट्यो, अस्पतालमा बिरामीको चाप

सप्तरी– पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको स्थानीयवासीको भनाइ छ। गर्मीका कारण दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थ्यमासमेत प्रत्यक्ष असर पारिरहेको छ।

सप्तरीसहित तराईका जिल्लाहरूमा वैशाख लागेसँगै एक्कासी मौसम बदली भइ अत्यधिक गर्मी बढेको हो। गर्मीकै कारण सप्तरी सदरमुकाम राजविराजमा व्यापारसमेत प्रभावित भएको छ।

बिहान ७ बजेदेखि नै चर्को घाम लागेपछि सामान किनमेल गर्न आउनेहरूको संख्या घट्दो छ। दिउँसो बजारमा उपभोक्ताको चहलपहल अत्यन्त कम हुने गरेको छ। गर्मीका कारण दैनिक कामकाज गर्नसमेत कठिनाइ भइरहेको स्थानीय बताउँछन्।

सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म रहेको छ। गतवर्षहरू भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरूसमेत चिन्तित भएका छन्। गहुँखेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको दैनिक ज्यालामा काम गर्ने मजदुर बताउँछन्।

यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह लगायतका अस्पतालहरूमासमेत बिरामीहरूको चाप बढ्न थालेको छ। अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, झाडापखालाका बिरामीहरू भर्ना भइरहेका छन्। भर्ना भएका बिरामीहरूमध्ये बालबालिका, वृद्धवृद्धाहरू बढी प्रभावित भएको अस्पताल आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूको भनाइ छ।

प्रकाशित: ७ वैशाख २०८० २०:२० | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast