विदेशबाट सन्‌राइज बैंकको मोबाइल एप चलाउन सकिने

हिमाल प्रेस ७ वैशाख २०८० १६:३९ | Thursday, April 20, 2023
विदेशबाट सन्‌राइज बैंकको मोबाइल एप चलाउन सकिने

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडको मोबाइल बैंकिङ एप विश्वका जुनसुकै देशबाट पनि चलाउन सकिने भएको छ। विदेशमा भएका व्यक्तिले ‘सन्‌राइज स्मार्ट प्लस’ एप डाउनलोड गरी त्यहीँको मोबाइल नम्बर राखेर चलाउन सक्ने बैंकले जनाएको हो।

नेपालमै हुँदा एप चलाइरहेका व्यक्ति विदेश पुग्दा मोबाइल नम्बर फेरेर सोही एप चलाउन सक्छन्। त्यसको लागि विदेशबाट सन्‌राइजको भाइबर नम्बर ९८५१११७२७२ मा नम्बर परिवर्तनको लागि आवदेन दिनुपर्ने बैंकले जनाएको छ।

[email protected] मा इमेल गरेर पनि मोबाइल नम्बर परिवर्तन गर्न सकिने छ। यसपछि विदेशकै नम्बरमा ओटीपी कोड जानेछ र दिइएको निर्देशनअनुसार मोबाइल नम्बर ग्राहक स्वयंले गर्न सक्नेछन्।

विदेशबाट एप चलाउँदा स्वदेशमा जस्तै सबै सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ। त्यसका साथै विदेशमा हुने व्यक्तिले अनलाइनबाटै खाता खोल्ने र एप चलाउने सुविधा पनि रहेको सन्‌राइज बैंकको भनाइ छ।

प्रकाशित: ७ वैशाख २०८० १६:३९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast