वैशाख ११ गते विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

हिमाल प्रेस ४ वैशाख २०८० १२:२७ | Monday, April 17, 2023
वैशाख ११ गते विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ११ गते बस्ने भएको छ। लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै बैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जानकारी दिएको हो।

केन्द्रको सरकार समीकरण फेरिएसँगै माओवादी केन्द्र लगायतले चैत १२ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

उनी पुस २७ गते सात दलका ५६ र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

राष्ट्रपति निर्वाचनमा केन्द्रको सरकार समिकरण फेरिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन्। मुख्यमन्त्री बनेका गिरीले ११ गते संसद बस्नुअघि राजीनामा गर्ने या संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

एमालेका मुख्य सचेतक तुलसी चौधरीका अनुसार मुख्यमन्त्री गिरीले अहिलेसम्म राजीनामा नदिई वैशाख ११ गते सदनमा विश्वासको मत लिने तयारी गरेका छन्। लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन ४४ सिट चाहिन्छ।

प्रकाशित: ४ वैशाख २०८० १२:२७ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast