लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

हिमाल प्रेस १० जेठ २०८३ ८:३५ | Sunday, May 24, 2026
10
SHARES
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक बस्न लागेको हो। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

 

प्रकाशित: १० जेठ २०८३ ८:३५ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast