काठमाडौँ- सभामुख देवराज घिमिरेको शुक्रबार आह्वानमा बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ।
दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।
सभामुखले संसद्को बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।
सभामुखले २०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए।
प्रकाशित: १ वैशाख २०८० ११:२४
प्रतिक्रिया