राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४औँ पटक रक्तदान

हिमाल प्रेस १ वैशाख २०८० ११:०० | Friday, April 14, 2023
राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४औँ पटक रक्तदान

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ८४औँ पटक रक्तदान गरेका छन्।

नयाँ वर्षको अवसरमा आज बिहान बानेश्वर बैंक्वेटमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै उनले आफूले ८४औँ पटक रक्तदान गर्न पाउँदा हर्षित भएको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘८४औँ पटक रक्तदान गर्दै, २०८० को प्रथम रक्तदाता बन्न पाउँदा हर्षित छु।’ अध्यक्ष लिङ्देनले रक्तदान गर्न पनि आम नागरिकलाई सुझाएका छन्। उनले रक्तदान गर्दा शरीरमा कुनै असर नपर्ने भन्दै रक्तदान गर्न आह्वान गरेका छन्।

प्रकाशित: १ वैशाख २०८० ११:०० | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast