सामाजिक सुरक्षा : यी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत मात्रै शुल्क लाग्‍ने

हिमाल प्रेस २५ चैत २०७९ १५:४५
8
SHARES
सामाजिक सुरक्षा : यी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत मात्रै शुल्क लाग्‍ने

काठमाडौँ- सामाजिक सुरक्षा कोषले देशभर ४४ अस्पतालसँग सम्झौता गरेको छ। कोषले देशभर हालसम्म ४४ अस्पतालसँग सम्झौता गरिएको र सम्झौताले कोषमा आबद्ध व्यक्तिलाई उपचारमा सजिलो हुने जानकारी गराएको हो।

कोषका सहप्रवक्ता रोहित रेग्मीले सम्झौता गरिएका अस्पतालहरूबाट स्वास्थ्य सेवा लिँदा २० प्रतिशत रकम मात्रै तिरे पुग्ने जानकारी दिए। कोषको सामाजिक सुरक्षा कार्डमार्फत तोकिएका अस्पतालमा २० प्रतिशत शुल्कमै स्वास्थ्यसम्बन्धी सेवा लिन सकिनेछ। बाँकी ८० प्रतिशत रकम सरकारले तिर्नेछ।

योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जानकारी दिएको छ। ‘सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ,’ कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले पछि दाबी गर्नुपर्ने झन्झट ब्यहोर्न पर्दैन।’

नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ गरी ४४ अस्पताल कोषको प्रणालीसँग जोडिएका छन्। उक्त अस्पतालहरूमा कोषको परिचयपत्रका आधारमा स्वास्थ्य सेवा लिन सकिनेछ।

यी हुन् सम्झौता गरिएका अस्पताल

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल- बिर्तामोड, झापा

२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- बिर्तामोड, झापा

३. पशुपति मोडेल हस्पिटल- इटहरी, सुनसरी

४. हाम्रो अस्पताल- विराटनगर, मोरङ

५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल- टंकिसिनुवारी, विराटनगर

६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल- विराटनगर, मोरङ

७. मोरङ सहकारी अस्पताल- सोमबारे हाट, विराटनगर, मोरङ

८. ओखलढुंगा सामुदायिक अस्पताल- ओखलढुंगा

९. रामलाल गोल्छा आँखा अस्पताल- विराटनगर, मोरङ

१०. नेसनल मेडिकल कलेज- वीरगन्ज, पर्सा

११. वीरगन्ज हेल्थ केयर अस्पताल- वीरगन्ज, पर्सा

१२. गण्डक अस्पताल- वीरगन्ज, पर्सा

१३. स्पर्स अस्पताल- वीरगन्ज, पर्सा

१४. किरण आँखा अस्पताल- वीरगन्ज, पर्सा

१५. नमुना सामुदायिक अस्पताल- हरिवन, सर्लाही

१६. जानकी हेल्थ केयर- जनकपुर, धनुषा

१७. छिन्नमस्ता अस्पताल- राजविराज, सप्तरी

१८. शुभ स्वस्तिक अस्पताल- बर्दिबास, महोत्तरी

१९. वीर अस्पताल- काठमाडौं

२०. त्रिवि शिक्षण अस्पताल- महाराजगन्ज, काठमाडौं

२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल- स्वयम्भू, काठमाडौं

२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल- चाबहिल, काठमाडौं

२३. काठमाडौं मेडिकल कलेज (केएमसी)- सिनामंगल, काठमाडौं

२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल- जोरपाटी, काठमाडौं

२५. तिलगंगा आँखा अस्पताल- तिलगंगा, काठमाडौं

२६. दृष्टि आई केयर- कलंकी, काठमाडौं

२७. एभरेस्ट अस्पताल- नयाँ बानेश्वर, काठमाडौं

२८. होप अस्पताल- सिनामंगल, काठमाडौं

२९. शंकरापुर अस्पताल- गोकर्णेश्वर, काठमाडौं

३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल- सोह्रखुट्टे, काठमाडौं

३१. फ्रन्टलाइन हस्पिटल- पुरानो बानेश्वर, काठमाडौं

३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)- ललितपुर

३३. शिर मेमोरियल अस्पताल- बनेपा, काभ्रे

३४. कलेज अफ मेडिकल साइन्सेस- भरतपुर, चितवन

३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल- भरतपुर, चितवन

३६. मकवानपुर सहकारी अस्पताल- हेटौंडा, मकवानपुर

३७. चुरेहिल अस्पताल- हेटौंडा, मकवानपुर

३८. काठमाडौं क्यान्सर सेन्टर- ताथली, भक्तपुर

३९. चरक मेमोरियल अस्पताल- पोखरा, कास्की

४०. ग्यालेक्सी अस्पताल- पोखरा, कास्की

४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)- कोहलपुर, बाँके

४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)- नेपालगन्ज, बाँके

४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स- भैरहवा, रुपन्देही

४४. गौतमबुद्ध मुटु अस्पताल- बुटवल, रुपन्देही

प्रकाशित: २५ चैत २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast