सीटीईभीटीले स्वास्थ्य शिक्षा प्रि-डिप्लोमा तहमा समकक्षता नदिने

हिमाल प्रेस २० चैत २०७९ १३:४१
8
SHARES
सीटीईभीटीले स्वास्थ्य शिक्षा प्रि-डिप्लोमा तहमा समकक्षता नदिने

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विदेशी विद्यालयमा जुलाई २०२१ यता प्रि-डिप्लोमा अध्ययन गरेका विद्यार्थीलाई समकक्षता प्रदान नगर्ने जनाएको छ।

परिषद्ले सूचना जारी गर्दै जुलाई २०२१ अघि अध्ययन गरेकालाई एक वर्षभित्र निवेदन दर्ता गरी नियमानुसार समकक्षता प्रदान गर्ने तर समयावधिपछिको प्रमाणपत्रको हकमा भने समकक्षता प्रदान नगर्ने जनाएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागू भएपछि शैक्षिक सत्र २०७८/७९ देखि परिषद्ले प्रि-डिप्लोमा तहका स्वास्थ्य शिक्षासम्बन्धी सम्पूर्ण कार्यक्रमहरू बन्द गरेको छ।

प्रकाशित: २० चैत २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast