उपनिर्वाचन : आज तीनवटै क्षेत्रमा मनोनयन हुँदै

हिमाल प्रेस २० चैत २०७९ ६:३८
8
SHARES
उपनिर्वाचन : आज तीनवटै क्षेत्रमा मनोनयन हुँदै निर्वाचन आयोग

काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरूमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकिएको छ।

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। मनोनयन दर्ताका लागि आयोगले राजनीतिक दललाई १० बुँदे निर्देशन पनि जारी गरेको छ।

आयोगका १० बुँदे निर्देशन

१) निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उमेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने,

२) उमेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने,

३) उमेदवारको मनोनयको समयमा उमेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,

४)उमेदवारको मनोनयनको समयमा मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उमेदवारको पक्षमा नारा/जुलुस, भाषण र प्रतिष्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,

५) उमेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति प्रयोग गर्न नहुने,

६) नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उमेदवारको मनोनयनमा सहभागी हुन नहुने,

७)उमेदवारको मनोनयनका समयमा बालबालिककाको प्रयोग गर्न गराउन नहुने,

८)मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,

९) हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उमेदवारले उमेदवारी मनोनयन गर्न जान नहुने,

१०) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उमेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उमेदवारसँग सहभागी हुन नहुने ।

प्रकाशित: २० चैत २०७९ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast