खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य विजयी

हिमाल प्रेस १७ चैत २०७९ ८:११ | Friday, March 31, 2023
खोटाङ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य विजयी

खोटाङ- खोटाङ उद्योग वाणिज्य संघको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन्।

उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन्। बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे।

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो। महासचिवमा अजय बस्नेत विजयी भए।

उनले सुमन श्रेष्ठलाई पराजित गरे। कोषाध्यक्षमा युधिर शाक्य विजयी भए। उनले नेत्रबहादुर कटवाललाई हराए।

सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए।

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भए।

प्रकाशित: १७ चैत २०७९ ८:११ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast