गठबन्धनको बैठक छाडेर चितवन लागे प्रचण्ड, २ बजे फेरि बस्ने

हिमाल प्रेस १६ चैत २०७९ ९:३७
10
SHARES
गठबन्धनको बैठक छाडेर चितवन लागे प्रचण्ड, २ बजे फेरि बस्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन बैठक छाडेर चितवन गएका छन्।

मन्त्रालय भागबन्डाका लागि बोलाइएको बैठक छाडेर प्रधानमन्त्री चितवन उडेका हुन्। विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन्।​

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन्। उनी दिउँसो एक बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने गरि सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले केही मन्त्रालयको टुंगो लाग्न बाँकी रहेकोले दिउँसो बैठक बसेर टुंग्याइने नेता श्रेष्ठले बताए। उनका अनुसार दलहरूले आज नाम दिए आजै मन्त्रिपरिषद बिस्तार हुन्छ।

प्रकाशित: १६ चैत २०७९ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =