मन्त्रालय भागबन्डालाई अन्तिमरूप दिन गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस १६ चैत २०७९ ७:१० | Thursday, March 30, 2023
मन्त्रालय भागबन्डालाई अन्तिमरूप दिन गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्ने भएको छ।

बुधबार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसकेपछि गठबन्धनको बैठक आज बिहान बस्न लागेको हो।

बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ। यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन्।

अब तीन वटा राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २५ सदस्यीय बनाउने नेताहरूबीच सहमति जुटेको छ। तर, कसलाई कुन मन्त्रालय दिने भन्ने बारेमा सहमति नजुटेकाले आजका लागि पुनस् बैठक बोलाइएको हो।

प्रकाशित: १६ चैत २०७९ ७:१० | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast