भिरबाट खसेर चिनियाँ पर्यटक घाइते

हिमाल प्रेस १५ चैत २०७९ २०:१० | Wednesday, March 29, 2023
भिरबाट खसेर चिनियाँ पर्यटक घाइते

पोखरा– ट्रेकिङ जाने क्रममा भिरबाट खसेर एक चिनियाँ पर्यटक गम्भीर घाइते भएका छन्। मनाङको नासोँ गाउँपालिका २ खोत्रो भिरमा चिनियाँ पर्यटक हाङ गौकै खसेर गम्भीर घाइते भएका हुन्।

मर्स्याङ्दी नदी किनारको गोरेटो हिँड्ने क्रममा उनी २ सय मिटर तल खसेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल लगेको छ।

उनको तालस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बेंशीसहर पुर्‍याइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।

प्रकाशित: १५ चैत २०७९ २०:१० | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast