ज्योति विकास बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२३’ अभियान सम्पन्न

हिमाल प्रेस १५ चैत २०७९ १६:२३ | Wednesday, March 29, 2023
ज्योति विकास बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२३’ अभियान सम्पन्न

काठमाडौँ- ज्योति विकास बैंकले ‘ग्लोबल मनी वीक २०२३’ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले आफ्ना शाखाहरूमार्फत मुलुकका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतना कार्यक्रम गरेको हो।

बैंकले ग्लोबल मनी विक २०२३ को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको थियो। सोही विषयमा केन्द्रित भएर युवालक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ।

कार्यक्रमअन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघसंस्थालगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी, उद्यमशीलता विकासलगायत विषयलाई समावेश गरिएको बैंकको भनाइ छ।

साथै बैंकले सामाजिक सञ्जाल र वेबसाइटमार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरूबाट आएका कुनै पनि लिंकहरू नखोल्न आग्रह गरेको छ। त्यस्तै ओटीपी, पासवर्ड, पिन, सीभीभीलगायतका विवरण कसैलाई पनि नदिन बैंकले आग्रह गरेको छ।

प्रकाशित: १५ चैत २०७९ १६:२३ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast