मन्त्रालय भागबन्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

हिमाल प्रेस १५ चैत २०७९ १०:२६
8
SHARES
मन्त्रालय भागबन्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ- मन्त्रालय भागबन्डा र न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गर्न बालुवाटारमा सत्तारुढ १० दलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो।

हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो। सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।
मन्त्रालय बाडफाँटमा किचलो
सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा समस्या छ। पटकपटक बैठक बस्दा समेत दलहरूबीच समस्या समाधान हुन सकेको छैन।

नेपाली कांग्रेसले ९ मन्त्रालय, जसपा र नेकपा एकीकृत समाजवादीले ३/३ मन्त्रालयको दाबी गरेका छन्। त्यस्तै लोसपाले २, नागरिक उन्मुक्तिले २, जनमत पार्टीले थप १ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ।

यता प्रधानमन्त्री भने दलको दाबीअनुसार मन्त्रालय दिन नसकिने बताइरहेका छन्। विशेषतः दलहरूले मालदार मन्त्रालयमा दाबी गर्दा भागबन्डा मिलेकै छैन। मंगलबार (हिजो)को बैठकमा प्रधानमन्त्रीले न्युनतम् साझा कार्यक्रमको खाका प्रस्तुत गरेका थिए। सोही खाकालाई आज अन्तिमरूप दिने तयारी छ।

प्रकाशित: १५ चैत २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast