प्लास्टिकजन्य सामग्री पाशुपत क्षेत्रमा नल्याउन आग्रह

हिमाल प्रेस १५ चैत २०७९ ८:३४ | Wednesday, March 29, 2023
प्लास्टिकजन्य सामग्री पाशुपत क्षेत्रमा नल्याउन आग्रह

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ। पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो।

‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरेको छ।

कोषले एक सूचना जारी गर्दै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा साथ दिनका लागि पशुपति क्षेत्रमा प्लास्टिक निषेध गरिएको जनाएको हो।

प्रकाशित: १५ चैत २०७९ ८:३४ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast