बालेनले भने : खुलामञ्च आन्दोलन निषेधित क्षेत्र होइन

हिमाल प्रेस १४ चैत २०७९ ११:२० | Tuesday, March 28, 2023
बालेनले भने : खुलामञ्च आन्दोलन निषेधित क्षेत्र होइन बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्च आन्दोलन निषेधित क्षेत्र नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिँदै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए।

उनले भनेका छन्,‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौँ वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’

प्रकाशित: १४ चैत २०७९ ११:२० | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast