देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराँती

हिमाल प्रेस १३ चैत २०७९ १५:५८
6
SHARES
देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराँती फाइल तस्बिर।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचेभन्दा फरक रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ६२औँ रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देश जहाँ छोयो त्यही फाटेको जस्तो देखिने बताएका हुन्।

१० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गर्दा सोचेभन्दा धेरै फरक पाइएको उनको भनाइ थियो। मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामाभन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको बताए। आफू फेल भए युग र व्यवस्था नै फेल हुने उनको भनाइ थियो।

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा मुलुक पछि परेको बताए। बेरोजगार भएर मात्रै विद्यार्थी विदेश नगइरहेका भन्दै उनले नेपालको शिक्षामा नै विष हालिएको टिप्पणी उनले गरे। विद्यार्थीलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उनको टिप्पणी थियो।

प्रकाशित: १३ चैत २०७९ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast