नेपाली र अमेरिकी सेनाबीच द्विपक्षीय छलफल आयोजना हुने

हिमाल प्रेस १२ चैत २०७९ २२:०३ | Sunday, March 26, 2023
नेपाली र अमेरिकी सेनाबीच द्विपक्षीय छलफल आयोजना हुने

काठमाडौँ– अमेरिकी र नेपाली सेनाबीच द्विपक्षीय सैन्य छलफल आयोजना हुने भएको छ। सोमबारदेखि मंगलबारसम्म काठमाडौँमा उक्त छलफल आयोजना हुने भएको हो।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आयोजना हुने गरेको नेपाली सेनाले जानकारी दिएको छ। गत वर्ष अमेरिकाको हवाईमा सम्पन्न भएको यो कार्यक्रम यस वर्ष नेपालमा आयोजना हुने भएको हो।

छलफल शान्तिसेना, मानवीय सहायता, विपद उद्धार र विषय विज्ञता आदान-प्रदान गरी चार विषयमा केन्द्रित रहने सेनाले जनाएको छ। सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सह सचिव/उप सचिवहरूका साथै नेपाली सेनाका रथीवृन्द एवम् अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ।

अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुने उक्त छलफल कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तयारी छ।

प्रकाशित: १२ चैत २०७९ २२:०३ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast