बेपत्ता छानबिनसम्बन्धी विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव पारित

हिमाल प्रेस १२ चैत २०७९ २१:०१ | Sunday, March 26, 2023
बेपत्ता छानबिनसम्बन्धी विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथि सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। प्रतिनिधिसभाको अर्को बैठक चैत १५ गते बस्नेछ।

प्रकाशित: १२ चैत २०७९ २१:०१ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast