प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको दौडधुप

हिमाल प्रेस १२ मंसिर २०७९ ११:४२ | Monday, November 28, 2022
प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको दौडधुप रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ- कांग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका लागि दौडधुप गरिरहेका छन्। तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

सोही क्रममा विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्तालाई अगाडि बढाएका छन्। सोमबार बिहान उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरे।

उनले नेपालसँग आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सहयोग गर्न आग्रह गरे। पौडेलको सचिवालयले अध्यक्ष नेपालले ‘गठबन्धन बनाउन योगदान भएकाले प्रधानमन्त्रीको हकदार तपाईं (पौडेल) हो’ भनेको दाबी गरेको छ।

प्रकाशित: १२ मंसिर २०७९ ११:४२ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast