उपप्रधानमन्त्री श्रेष्ठको दाबी : दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

हिमाल प्रेस ११ चैत २०७९ १२:५६ | Saturday, March 25, 2023
उपप्रधानमन्त्री श्रेष्ठको दाबी : दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।

मन्त्रालय बाँडफाँटका विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए। उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। गम्भीर नै छ। तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ।’
श्रेष्ठले एक/दुईभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए।

प्रकाशित: ११ चैत २०७९ १२:५६ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast