नेपालमा कति प्रजातिका भालु पाइन्छन्?

हिमाल प्रेस १० चैत २०७९ १०:२८ | Friday, March 24, 2023
नेपालमा कति प्रजातिका भालु पाइन्छन्? तस्बिर स्रोतः सागर गिरी, नेपाल पर्यटन बोर्डको फेसबुक।

काठमाडौँ- गुडिया भन्ने बित्तिकै दिमागमा कुन जनावरको चित्र आउँछ? पक्कै पनि भालुको नआउने सायदै होलान्। भालुको गुडिया मन नपराउने पनि कमै हुन्छन्।

किनभने घरका कोठा सजाउन होस् वा बालबालिकालाई भुलाउन यही गुडिया अर्थात् ‘टेड्डी बियर’को प्रयोग गरिन्छ। अझ प्रेमीप्रेमिकाहरू पनि ‘टेड्डी बियर’ उपहार दिएर माया साटासाट गर्ने गर्छन्।

तर धेरैलाई थाहा नहुन सक्छ, भालुको गुडिया जति माया लाग्दो देखिन्छ, प्रत्यक्ष भेट्दा भने त्यति मायालाग्दो नहुन सक्छ। ग्रामीण क्षेत्रमा भालुले सताएका घटनाहरू सुनिरहेका हुन्छौँ।

कहिले भालुले मानिसमाथि त कहिले मानिसले भालुमाथि आक्रमण गरेका घटनाहरू भइरहेका हुन्छन्। त्यसलाई नियन्त्रण गर्न संरक्षणकर्मीहरू लागि परेका छन्। उनीहरू भालु र मानिसबीच सहअस्तित्व कायम राख्न प्रयासरत छन्। तर पनि सोचे जस्तो सफलता भने पाउन सकेका छैनन्।

यता मानिस-वन्यजन्तुको द्वन्द्व, बासस्थान व्यवस्थापनको कमीलगायतका विभिन्न चुनौतीका कारण भालुहरू पनि संकटको अवस्थामा छन्। प्रकृतिका लागि सबै जीवको आफ्नै भूमिका हुन्छ। भालुको पनि प्रकृतिमा आफ्नै किसिमको भूमिका छ। आज हामी यही भालुको बारेमा सामान्य जानकारी दिँदैछौँ।

भालु नेपालको तराई समथल क्षेत्रदेखि हिमालयको उच्च जंगलसम्म पाइन्छन्। नेपालमा तीन प्रजातिका भालु पाइन्छन्- कालो, काठे र रातो भालु। कालो र काठे भालु दुर्लभ मानिन्छन् भने रातो भालु अतिदुर्लभ मानिन्छ।

भालुले फलफूल, बेरी, काष्ठ फल, ट्युबर जराहरू, कीराहरू, मुसा, खरायोलगायतका स्तनपायी जनावर, मृत जनावरको सिनोलगायत खाने प्रकृति संरक्षण तथा अध्ययन केन्द्रले जनाएको छ।

प्रकृतिमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ। फलफूल, बेरी र काष्ठफलहरूको बीउ मलमूत्रमार्फत फैलाउन मद्दत गर्छ, यसबाट पोषक तत्त्व पनि प्रदान गर्छ। सिकार प्रजातिको संख्या नियन्त्रण गर्न पनि यसको भूमिका रहन्छ।

प्रकाशित: १० चैत २०७९ १०:२८ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast