काठमाडौँ– नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढाएको छ। राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो।
अब व्यवयासीले एकपटकमा ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन्। यसअघि यो सीमा ३५ हजार अमेरिकी डलरको थियो।
आयातको सीमा बढाए पनि बैंकबाट व्यवसायीले आन्तरिक खपतका लागि खरिद गर्न पाउने मासिक सीमा भने यथावत् राखिएको छ। व्यवसायीले गरगहना, हस्तकलालगायत सामान बनाउन मासिक १ किलोसम्म खरिद गर्न सक्नेछन्।
निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा भने १ किलोको सीमा लाग्ने छैन।
प्रकाशित: ९ चैत २०७९ १५:०४ | Thursday, March 23, 2023
प्रतिक्रिया




