विमला पौडेलको प्रश्न : प्रधानमन्त्रीको विरोध गर्दैमा प्रहरीले बोल्नेको मुख थुन्ने?

हिमाल प्रेस ८ चैत २०७९ १३:४८ | Wednesday, March 22, 2023
विमला पौडेलको प्रश्न : प्रधानमन्त्रीको विरोध गर्दैमा प्रहरीले बोल्नेको मुख थुन्ने? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीनजना युवालाई नियन्त्रणमा लिएको विषयमा जवाफ माग गरेकी छन्।

प्रहरीले युवाहरूको मुख थुनेको तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएको बताउँदै युवाहरूले के भन्न खोज्दा मुख थुनिएको भन्दै बुधबारको राष्ट्रियसभा बैठकमा प्रश्न गरिन्।

प्रहरीले बोल्नेहरूको मुख थुन्न पाउँछ की पाउँदैनन् भन्दै प्रश्नसमेत गरिन्।

‘ती युवाहरूले के बोल्न खोजेका थिए र प्रहरीले ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन?, ‘उनले प्रश्न गर्दै भनिन्, ‘यसो गर्ने प्रहरीलाई गृहमन्त्रालयले कारबाही गरेको छ कि छैन? गृह म मन्त्रालयको ध्यानाकर्षण गराउँछु। जवाफ पनि माग गर्दछु।’

‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी

 

प्रकाशित: ८ चैत २०७९ १३:४८ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast