मन्त्रालय भागबन्डा लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस ८ चैत २०७९ १२:४४ | Wednesday, March 22, 2023
मन्त्रालय भागबन्डा लगाउन सत्ता गठबन्धनको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धन दलको बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ। आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले मंगलबारदेखि नै मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल भइसकेको बताएका थिए। कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। अन्य दल पनि सत्तागठबन्धनभित्र हुने भागबन्डाबारेको निर्णय कुरेर बसेका छन्।

प्रकाशित: ८ चैत २०७९ १२:४४ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast