एआईजीमा बढुवा भएकै दिन श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियारको निर्देशन

हिमाल प्रेस ७ चैत २०७९ १३:२५ | Tuesday, March 21, 2023
एआईजीमा बढुवा भएकै दिन श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियारको निर्देशन

काठमाडौँ- नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएकै दिन(सोमबार)श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

ज्ञवालीसहित पाँच जनालाई सिफारिस समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले सोमबार डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको आरोप लगाउँदै उजुरी दिएपछि अनुसन्धान सुरु भएको हो।

आयोगका प्रवक्ता भोला दाहालले यसबारे छानबिन तथा अनुसन्धान जारी रहेको बताए। ‘अख्तियारले यसबारे छानबिन र अनुसन्धान जारी राखेको छ,’ दाहालले हिमालप्रेससँग भने, ‘ प्रारम्भिक छानबिनदेखि नै अख्तियारले गृहमन्त्रालय, प्रहरी प्रधानकार्यालयलाई पत्र पठाउने गरिरहन्छ। अहिले पनि त्यहीअनुसारको निर्देशन दिएको हो। अनुसन्धानका अन्य विषयमा टुंगो नलागेकोले भन्न मिलेन।’

ज्ञवालीले २०४१ साल चैत २१ गते जिल्ला प्रशासन कार्यालय प्युठानबाट नागरिकता लिएका थिए। उक्त नागरिकतामा उनको उमेर १७ वर्ष लेखिएको छ।

उनी २०५० सालमा इन्स्पेक्टर पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। नागरिकतामा उनको जन्म मिति २०२४ चैत २१ सालमा उल्लेख छ भने प्रहरी अभिलेखमा भने २०२५ साल भदौ २६ गते देखिन्छ।

त्यसो त २०५० साल वैशाख १ गते २५ वर्ष पुरा भइसकेकाले ज्ञवालीले इन्स्पेक्टर पदमा आवेदन नै दिन नपाउने देखिन्छ। कानुनअनुसार २०५० सालमा २५ पुरा भएर २६ वर्ष उमेर छोएकै कारण प्रहरी भर्नाका लागि अयोग्य भएको देखिन्छ। तर उनी त्यसै बेला प्रहरीमा भर्ना भए। नागरिकता र शैक्षिक प्रमाणपत्रमा उनको जन्म मिति पनि फरक छ।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

 

प्रकाशित: ७ चैत २०७९ १३:२५ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast