चितवनसँगै तनहुँ र बारामा पनि वैशाख १० मा उपनिर्वाचन

हिमाल प्रेस ६ चैत २०७९ १६:४८
20
SHARES
चितवनसँगै तनहुँ र बारामा पनि वैशाख १० मा उपनिर्वाचन निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले चितवनसँगै बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको आयोगको बैठकले तनहुँ-१ र बारा-२ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

आयोगले चितवन २ मा भने यसअघि नै वैशाख १० मा चुनाव गराउने निर्णय गरेको थियो। ‘उपनिर्वाचन गर्नुपर्ने चितवन २, बारा २ र तनहुँ १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा वैशाख १० मै एकै चरणमा निर्वाचन हुन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हिमालप्रेससँग भने।

मंसिर ४ मा भएको निर्वाचनमा चितवन २बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। उनको नागरिकताबारे मुद्दा परेपछि उनको पद गएको थियो। अहिले उनले नागरिकता फेरि लिइसकेका छन्। उक्त पार्टीले उनलाई नै फेरि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

त्यस्तै तनहुँमा १ मा रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त ठाउँ पनि खाली छ। उता बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ पनि उपराष्ट्रपति गर्नुपर्ने छ।

 

प्रकाशित: ६ चैत २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast