निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

हिमाल प्रेस ६ चैत २०७९ ११:४९ | Monday, March 20, 2023
निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ बिदाइ समारोहमा निवर्तमान उपराष्ट्रपति पुनलाई मायाको चिनो हस्तान्तरण गर्दै प्रधानमन्त्री, तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

काठमाडौँ- निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको सोमबार बिदाइ गरिएको छ। शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै पुनको बिदाइ गरिएको हो।

पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए। पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन्।

यसअघि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन्।

प्रकाशित: ६ चैत २०७९ ११:४९ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast