महाराजगञ्जको नर्सिङ क्याम्पस र मेडिकल कलेजमा अनेरास्ववियुको प्यानलै विजयी

हिमाल प्रेस ६ चैत २०७९ ८:१८
6
SHARES
महाराजगञ्जको नर्सिङ क्याम्पस र मेडिकल कलेजमा अनेरास्ववियुको प्यानलै विजयी

काठमाडौँ- महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार बनेकी नोबिना बस्नेत विजयी भएकी छिन्। उनले २१७ मत पाइन्। उनका प्रतिस्पर्धी नेविसंघकी धनुष विश्वकर्माले १३३ मत ल्याएइन्।

त्यस्तै सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी भएका छन् । त्यस्तै सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन्। कुल ३६९ मतदाता रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेको थियो। महाराजगञ्जकै मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल निर्वाचित भएको छ।

अनेरास्ववियुबाट सभापतिको उम्मेदवार बनेका आनन्दकुमार सिंह प्यानलसहित निर्वाचित भएका हुन्। सचिवमा विपना कँडेल र कोषाध्यक्षमा अनिल कुमार शाह निर्वाचित भएका छन्।

उनी ५८६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट संयुक्त उम्मेदवार बनेका अनिशिखा न्यौपानेले ५८४ मत पाइन्। सिंह २ मतान्तरले विजयी भएका हुन्।

त्यस्तै सचिवमा कँडेल ६३८ मतसहित विजयी भइन् । कोषाध्यक्षमा ६२९ मत पाए । महाराजगञ्जमा नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको थियो। सिंहलाई युथ फर ईक्वालिटीले समर्थन गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast