आठ महिनामा लाभांशबापत साढे १३ अर्ब बाहिरियो

हिमाल प्रेस ३ चैत २०७९ १६:५७ | Friday, March 17, 2023
आठ महिनामा लाभांशबापत साढे १३ अर्ब बाहिरियो

काठमाडौँ- चालु आर्थिक वर्षको आठ महिनामा लाभांशबापत १३ अर्ब ५० करोड रुपैयाँ बिदेसिएको छ। फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लाभांशबापत बाहिरिएको उद्योग विभागले जनाएको हो।

विभागले फागुनमा मात्रै लाभांशबापत करिब तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ। विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ।

फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको हो। विभागका अनुसार फागुनसम्म २३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

प्रकाशित: ३ चैत २०७९ १६:५७ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast